काठमाडौं । नेपालसहित विश्वका २१३ वटा देशमा कोरोना भाइरसको महामारी व्याप्त छ ।

कोरोनाभाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएपनि अहिलेसम्म कुनै पूर्ण उपलब्धी हात पर्न सकेको छैन ।
कोरोनाले दिनप्रतिदिन आफ्नो प्रकोप फैलाउँदै गईरहेको छ । वैज्ञानिकहरुले पनि कोरोना पहिलाको भन्दा १० गुणा खतरनाक बनेर आएको बताएका छन् ।

यसैबीच अक्सफोर्ड विश्वविद्यालयको कोरोनाविरुद्धको भ्याक्सीन यो हप्ता तेश्रो चरणमा प्रवेश गर्दैछ ।

अक्सफोर्डमाथि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि कोरोनाविरुद्धको भ्याक्सीन पाउने आश र विश्वास गरेको छ ।

कोरोनाविरुद्धको भ्याक्सीनलाई लिएर नीति आयोगका सदस्य डाक्टर वीके पलले कोरोनाविरुद्धको भ्याक्सीनमाथि धमाधम काम भईरहेको बताएका छन् ।
![]()
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया