काठमाडौं । नेपालले नयाँ नक्सा जारी गरेसँगै फेरिएको नक्सासहितको संसदको लोगोमा भएको त्रुटि सच्याइने भएको छ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुले लगाउने संघीय संसदको प्रतिक चिन्हको व्याच पिन संसद सचिवालयमा आएपनि त्यसको संरचनागत र साजसज्जामा समस्या देखिएकोले सच्याउन पठाइएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेसँगै संसदमा लोगो सुधार गर्न प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको परामर्शपछि नयाँ व्याच तयारीको प्रक्रिया शुरु भएको थियो ।
साविकमा प्रयोग भएको नक्सा हटाई नयाँ नक्सा राखिएको र त्यसमा “संघीय संसद नेपाल” लेखिएको छ ।
संसद सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई त्यसको जिम्मा दिइएको थियो । देखिएको समस्यामा सुधार गरी त्यसको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण ल्याउने कार्य भइरहेको संघीय संसद सचिवालयका प्रवक्ता डा पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया