काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन् ।
निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि घिमिरेको निधनबाट आफू दुखी भएको बताए ।
राष्ट्रकवि घिमिरेको मंगलवार साँझ ५ ५५ बजे उनकै निवास लैनचौरमा भएको हो ।
एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौं काब्य कृति सदापठनिय र मननीय हुने कुरा व्यक्त गरेका छन् ।
साथै उनको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको समेत शाहले स्मरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया