विद्यार्थीका लागि सबैथोक एकै ठाउँमा, सबै सुविधा घरमै !

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा हरेक क्षेत्रको जनजीवन प्रभावित भईरहेको छ ।

यस महामारीको प्रभावबाट शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेको छैन । महामारीले शैक्षिक क्षेत्रमा विद्यार्थीहरुको पठन पाठनको अवस्था जटिल बनाएको छ ।

विभिन्न अनलाईन माध्यम र तिनीहरुको पत्यक्ष तथा अप्रत्यक्ष प्रभावले सबैको दैनिकी नै भिन्न भईसकेको छ ।

गत चैत्र महिना देखि सरकारले लागू गरेको लकडाउनका र त्यस पछि भेला र मेला जस्ता सामूहिक कार्यहरु माथि जारी निषेधाज्ञाका कारण बिगतका बर्षहरुमा झैँ यस बर्षको बैशाख जेठ महिनाहरुमा लाग्ने गरेको कुनै पनि शैक्षिक मेलाहरु यस वर्ष हुन पाएनन् ।

एसईई परीक्षाको नतिजा प्रकाशित भएपछि पनि कयौँ शैक्षिक संस्थाका सञ्चालकहरुमा बर्ष भरिको आय र खर्चको व्यवस्था गर्ने कसरी हो ? भन्ने अन्यौलता छाएको देखिएको छ । यसै परिप्रेक्ष्य र चुनौतीलाई सामना गर्ने माध्यमका रुपमा नेपालमा पनि www.gotosams.com को शुरुवात भएको छ ।

यस अनलाईन पोर्टल  www.gotosams.com का माध्यमबाट SEE र सो भन्दा माथिल्लो तहको परीक्षा उतिर्ण भएका विद्यार्थीहरुले आफूले अध्ययन गर्न चाहेको बिषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सूचना जानकारी लिनुका साथै भर्ना आवेदन र त्यस पछिका प्रक्रिया अवलम्बन गर्नुका साथै उपलब्ध छात्रवृृत्ति, रोजगारका अवसर र शैक्षिक संस्थाहरुद्धारा आयोजना गरिने विभिन्न प्राज्ञिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धि जानकारी लिन सक्नेछन् । बाहिर हिँडडुलमा लागेको प्रतिबन्ध तथा सावधानी अपनाउनु पर्ने भएकाले धेरै विद्यार्थीहरुले घरमै बसि यस पोर्टलका माध्यमबाट एकै आवेदन फारम मार्फत धेरै संस्थाहरुमा आवेदन दिन सक्नेछन् ।

अर्को तर्फ www.gotosams.com अनलाईन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आप्mनो व्यवसायको संयोचित मुल्यांकन र उचित प्रबन्ध गर्न सक्नेछन् ।

आवद्ध शैक्षिक संस्थाहरुले आप्mनो संस्थामा के कति विद्यार्थीहरुले रुचि देखाएका छन् भनेर थाहा पाउनुका साथै तिनीहरुको अवस्था तथा प्राप्तांक अनुसार आफूले उपलब्ध गराउन सक्ने सेवा सुविधाको बारेमा व्यक्तिगत रुपमा नै अन्तर्क्रिया गर्न सकिन्छ ।

यसका अतिरिक्त शैक्षिक संस्थाहरुले गर्ने विभिन्न प्राज्ञिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धि जानकारी एकै पटक धेरै जनालाई दिन सक्नेछन् ।

यसका लागि शैक्षिक संस्थाहरुले www.gotosams.com अनलाईन पोर्टलमा गई आफ्नो संस्था सम्बन्धि जानकारीलाई भेरिफाई गर्नु पर्ने हुन्छ । यसरी www.gotosams.com ले विद्यार्थीका लागि सबैथोक एकै ठाउँ, घरैमा बसेर गर्न सकिेन भएको छ ।

अन्य जानकारीका लागि फोन नं. ०१ ४०१२७६८ वा [email protected] सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?