नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? (समग्र विवरणसहित)

काठमाडौं । नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । कुल संक्रमित मध्ये ६२.२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

प्रदेश १ मा १११३ जना

प्रदेश २ मा ३७४२ जना

वाग्मती प्रदेश ७१८ जना

गण्डकी प्रदेशमा १५५० जना

प्रदेश ५ मा ४२८९ जना

कर्णाली प्रदेशमा १९५७ जना

सुदूरपश्चिम प्रदेशमा ४२११ जना

कोरोनाको कारण एकैपटक ७ जनाको मृत्यु, मृतक संख्या ११४ पुग्यो

नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरड, धनुषा, बाँके र कास्कीका १र१ जना पुरूष र तनहुँकी एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा एकैपटक थपिए २०५ कोरोना संक्रमित

बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) गरी २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बढ्यो जोखिम : काठमाडौंका १३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएको संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित

प्रवक्ता गौतमका अनुसार नेपालका ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ५ जिल्ला

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं
  • मोरङ

यी ४ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित

नेपालको ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् । ४ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितहरूको शुन्य संख्या भएका जिल्लाहरू

  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

पछिल्लो २४ घण्टामा भक्तपुरमा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा मात्रै पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएको संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा थपिए सबैभन्दा धेरै संक्रमित (विवरणसहित)

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् प्रदेश नं २ मा थपिएका कोरोना संक्रमित

प्रदेश २ बारा ४२
धनुषा ६४
महोतरी २४
पर्सा १२८
रौतहट ३७
सप्तरी
सर्लाही १०७

 

नेपालको पछिल्लो अवस्था :

नेपालमा जम्मा संक्रमितको संख्याः २८ हजार २ सय ५७ जना

आजको नयाँ पोजेटिभ व्यक्तिः १ हजार १६ जना

निको भएको संख्याः १७ हजार ५ सय ८० जना

सकृय संक्रमितको संख्या -आइसोलेसनमा रहनेहरूको संख्याः १० हजार ५ सय ६३ जना

होम आइशोलेशनमा रहनेको संख्याः२ हजार ८ सय ८७ जना

संस्थागत आइशोलेशनमा रहेकाको संख्याः ६ हजार ७ सय ५२ जना

गत २४ घण्टामा डिस्चार्ज हुनेहरूः ८५ जना

डिस्चार्जको जम्मा ६२.२ ५ (प्रतिशत)

आजसम्म पिसिआर परिक्षण जम्मा संख्याः ५ लाख ४२ हजार ८ सय ६६

आज गरिएको पिसिआर परिक्षण संख्याः १३४६१

क्वारेन्टाइनमा रहनेहरूको संख्याः १३ हजार ९ सय २६ जना

 

आज वाग्मती प्रदेशमा थपिएका संक्रमित कुन जिल्लाका कति ?

वाग्मती प्रदेशमा मंगलवार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् वाग्मती प्रदेशमा मंगलवार थपिएका कोरोना संक्रमित

वागमती प्रदेश भक्तपुर १७
चितवन ४९
धादिंग
दोलखा
काठमाडौँ १३८
काब्रेपलान्चोक २१
ललितपुर ५०
मकवानपुर ३०
सिन्धुली
सिन्धुपाल्चोक

 

कुन जिल्लामा कति संक्रमित थपिए ?

उदयपुर -२
संखुवासभा -३
बारा -४२
धनुषा -६४
महोतरी -२४
पर्सा -१२८
रौतहट -३७
सप्तरी -३
सर्लाही -१०७
सिराहा -१६
भक्तपुर -१७
चितवन -४९
धादिङ -२
दोलखा -२
काठमाडौँ -१३८
काभ्रेपलान्चोक -२१
ललितपुर -५०
मकवानपुर -३०
सिन्धुली -१
सिन्धुपाल्चोक -३
बागलुङ -३
गोर्खा -२
कास्की -१६
लम्जुङ्ग -१
नवलपरासी पूर्व -४
स्यांग्जा -१
तनहुँ -२
बाँके -६
बर्दिया -९
दाङ -१
कपिलवस्तु -१९
नवलपरासी पश्चिम -१
रोल्पा- १
रुपन्देही -१४
दैलेख -५
रुकुम पश्चिम -१
सुर्खेत -१
दार्चुला -२
डोटी -४६
कैलाली -१
कंचनपुर -१

शव व्यवस्थापन बारे स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो अनुरोध !

यस्तो छ मन्त्रालयको अनुरोध : 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कार्य विधि–२०७६ स्वास्थ्य आपतकालिन तथा कार्यसंचालन केन्द्र, वयव साइट, प्रेस व्रिफिङ र अन्य माध्यमबाट यहाँहरूलाई पटक पटक जानकारी गराउँदै आएका छौं ।

यहाँहरूलाई पुन यो जानकारी गराउन चाहछौं कि श्वाश प्रश्वासबाट निस्किने छीट्टाहरू, बिरामीसंगको प्रत्यक्ष सम्पर्क र बिरामीले प्रयोग गरेको वा छोएको बस्तुसंगको प्रत्यक्ष सम्पर्कबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सर्छ ।

मृत्यु भएका व्यक्तिका शरिरबाट निस्किने तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट कोरोना भाइरस सर्ने सम्भावना रहेकोले अस्पताल,शव परिक्षण गृह, शव वाहान, चिहान, अन्तेष्टि गर्ने सबै स्थानमा शवको व्यवस्थापन गर्ने सबै व्यक्तिहरुले संक्रमण रोकथाम नियन्त्रणको बिधिहरू अपनाई परम्परागत चलन चल्ती अनुसार अन्तेष्टि गर्ने स्थानमा नै विशेष सावधानीअपनाई अन्तेष्टि गर्न सकिने कुरा कार्यविधिमा स्पष्ट पारेको छ ।

कार्यविधिले शव व्यवस्थापनको बारेमा स्पष्ट बोले तापनि हामीले शव व्यवस्थापन गर्न पाएँनौ, हाम्रो परम्परा अनुसार भएनभन्ने प्रश्नका साथै असन्तुष्टिहरू ब्यक्त भएको हामीले वारम्वार सुनिरहेका छौं । मृत्यु हरेक परिवारको लागिएकदमै सवेदनशिल र पीडादाई समय हो । यो सम्वेदनशिलतालाई नबुझी सञ्चार माध्यमले कोरोना संक्रमित ब्यक्तिहरूको अन्तेष्टिको भिडियो खिचेरर अर्को अर्थ लाग्ने गरी मुख्य शिर्षक राखी समाचार सम्प्रेषण गरी मानव सवेदनशिलतामा ठेस नपुर्याउन सबै सञ्चारकर्मी तथा सर्वसाधारणमा हार्दिक अपिल गर्दछौं ।

हरेक व्यक्तिको गोपनीयताको अधिकारलाई सम्मान गर्न अनुरोध गर्दछौँ । कोरोना संक्रमित व्यक्तिको अन्तेष्टि परिवारका सदस्यहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव ब्यवस्थापन कार्यविधिमा उल्लेख भए अनुसारका सबै सुरक्षाका मापदण्डहरू पालना गरी आफ्नो परम्परा अनुसार गर्न सकिन्छ । तथापी, कोरोना संक्रमित ब्यक्तिहरूको मृत्यु हुदाँ आफन्त, छिमेकी र नातेदारहरूले नै अन्तेष्टि गर्न नमानेको र धेरै समयसम्म शव नउठे पछि मात्र नेपाल सरकार आफैले तोकिएको मापदण्ड अनुसारनै शवको व्यवस्थापन गर्नु परेको हो ।

सेनाले शव व्यवस्थापन गर्दा संक्रमण रोकथामका सबै सावधानीहरू अपनाएर गर्ने गरेको छ । हामी सबैको लागि यो कठिन समय भएकोले समाजिक सदभावन बिगारौँ, एक अर्कोको भावनाको सम्मान गरौँ,  मृत्युलाई मीडियाबाजी नगर्न हुन स्वास्थ तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अपिल गर्दछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?