निषेधाज्ञा जारी गरिएको क्षेत्रका सरकारी कार्यालयमा ‘वर्क फ्रम होम’को व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले जोखिम न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी (सीडिओ) र स्थानीय प्रशासनले निषेज्ञाधा जारी गर्न पाउने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै स्थायनीय प्रशासन ऐन २०२८ बमोजिम सीडिओले निषेधाज्ञा जारी गरेको अवस्थामा ती स्थानका सरकारी तथा सार्वजनिक कार्यालयहरु न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराइ कार्यालय सञ्चालन गराइ कार्यालय सञ्चालन गर्ने र अन्य कर्मचारीलाई घरबाटै सुरक्षित रुपमा घरबाटै कार्य सम्पादन गर्न (वर्क फर्म होम) को दिने निर्णय भएको खतिवडाले जानकारी दिए ।

त्यस्तै सार्वजनिक सेवा सञ्चालन, पेसा व्यवसाय सञ्चालन र अन्तराष्ट्रिय सीमानामा आवत जावत, सबै प्रकारका भेला सेमिनार गोष्टि लगायतका कुराहरुमा यसपूर्वका आदेशहरु पालना गराउने निर्णय गरेको उनले बताए । त्यस्तै सीसिएमसी र सम्बन्धित मन्त्रालयले सोको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?