राष्ट्रिय झण्डा जलाएर भिडियो बनाउने समूहका एक पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जनालाई प्रहरीले पक्रेको छ ।

‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ ।

अन्य संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

नेपालको झण्डा जलाउँदै बाहुन क्षेत्रीलाई देशद्रोही भनिएको उक्त गीतको यतिबेला चौतर्फी बिरोध भइरहेको छ । नेता देखि कलाकार र सर्वसाधारण समेत उनीहरुलाई कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?