कोरोनाको कारण कांग्रेस नेता गिरीको निधन

काठमाडौं । कोरोनाको कारण नेपाली कांग्रेस नवलपारासीका जिल्ला उपसभापति सुवास गिरीको मृत्यु भएको छ ।

कोरोना संक्रमणको कारण उपचार गराइरहेका गिरीको मंगलवार निधन भएको हो । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा आफूसँग केहि समय अघि फोटो पोष्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनी गत असार २९ गतेको बैठकबाट नवलपुर पश्चिम जिल्लाको कांग्रेस उपसभापति बनेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?