कर्फ्यू र निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासलाई जिम्मा दिने भएको छ ।

संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका लागि कर्फ्यू, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले लकडाउन नगरेपनि केही जिल्ला र स्थानीय तहले लकडाउन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?