काठमाडौं । सरकारले तीनजना सहसचिवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवा अन्तर्गतका तीनजना सहसचिवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।
राजदूत सिफारिसमा पर्ने सहसचिवहरुमा गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् ।
त्यस्तै आज बसेको बैठकले प्रेस काउन्सिलको कार्यबाहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया