काठमाडौं । कोरोना महामारीको संकटमा जनताको सेवक बनेर अग्रमोर्चामा खटिरहेका छन चितवनका अबिरल पोखरेल । पछिल्ला दिनमा देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । त्यस्तै चितवनमा कोरोना संक्रमित बढेपछि त्यहाँका ७ स्थानीय तहमा निषेधाज्ञा नै घोषणा गरिएको छन् ।
भरतपुर महानगरमा विपद् व्यवस्थापन अन्तर्गत वरुण यन्त्रका सहायक ईन्चार्जको रुपमा कार्यरत पोखरेलको दैनिकी कोरोना संक्रमितहरुको उद्धारमा नै बित्ने गरेको छ ।
दिनहुँ जसो कारोना संक्रमितहरुको पिसिआर परीक्षण गराउने देखि लिएर विदेश र अन्य जिल्लाबाट जिल्लामा आएकालाई क्वारेन्टाइनमा पुर्याउने उनको दैनिकी बनेको छ । त्यतिमात्रै नभएर पिसिआर गराउनु पर्नेहरुका लागि आफैँ एम्बुलेन्स चलाएर सम्बन्धित ठाँउसम्म लैजाने गरेको बताउँछन् पोखरेल ।
कोरोना संक्रमितलाइ समाजमा हेयको दृष्टिले हेरिरहेका बेला उनी भने यस्तो अवस्थामा संक्रमितलाई सहयोग र माया दिनुपर्ने भन्दै दैनिक कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया