रोकियो उद्धार उडान

काठमाडौं । विश्वका विभिन्न देशमा रोजगारी एवम् अन्य शिलशिलामा रहेका नेपालीहरुलाई कोरोना महामारीपछि गरिँदै आएको उद्धार उडान रोकिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । नेपालमा कोरोनाको जोखिम बढेसँगै क्वारेन्टाइन एवम् अन्य सुविधा उपलब्ध नभएको अवस्थाले गर्दा तत्कालको लागि उद्धार उडान रोक्न पत्रमा भनिएको छ । मन्त्रालयले त्यसैको आधारमा चार्टड उडान रोकेको हो ।

त्यस्तै होटल क्वारेन्टाइन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीले उल्लेख गर्दै पत्रमा जनाएको छ । त्यस्तै उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना सार्वजनिक गरेका छन् ।

त्यस्तै नेपाल एयरलाइन्सले पनि एक सूचना जारी गर्दै अगष्ट १८ देखि लागू भइ अर्को सूचना नआएसम्मका लागि उद्धार उडान स्थगित गरिएको जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?