वाग्मती । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएको उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौँडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उहाँका स्वकीय सचिवले जनाएका छन् ।
उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया