काठमाडौंसहित यी ५ जिल्लामा छन् ५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । नेपालको ७७ जिल्ला मध्ये विभिन्न ५ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ प्रादेशीक विवरण

प्रदेश १ – मोरङ
प्रदेश २ – पर्सा, रौतहट, महोत्तरी
बाग्मती –  काठमाडौं

यसैबीच नेपालमा आज (सोमवार) थप ५८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?