सर्वोच्चले किन फिर्ता पठायो कान्तिपुरका अध्यक्ष सिरोहिया लगायतका टोलीलाई

काठमाडौं, १८ फागुन । अदालतको अवहेलना गरेको आरोपमा मुद्दा खेपिरहेका कान्तिपुर पब्लिेकशनका अध्यक्ष तथा प्रकाशन केलाश सिरोहिया लगायतको टोलीलाई आज सर्वोच्च अदालतले फिर्ता पठाइदिएको छ कान्तिपुरमा प्रधानन्याधीश गोपालप्रसाद पराजुलीको नागरिकता प्रकारणका विषयमा प्रकाशित समाचारको विषयलाई लिएर उनीहरुमाथि अदालतको अबहेलना गरेको मुद्दा दायर भएको थियो शुक्रबार सर्वोच्च अदालत पुगेका कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रकाशक कैलाल सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा, निर्देशक स्वस्तिका सिरोहिया र सम्वाददाता कृष्ण ज्ञवालीमाथि अदालतको अबहेलना मुद्दा दायर भएको थियो सोही मुद्दाको सुनुवाईका लागि अध्यक्ष सिरोहिया लगायतका टोली शुक्रबार २ बजे सर्वोच्च अदालत पुगेका थिए । अदालत पुगेलगत्तै उनीहरुलाई प्राविधिक कारण देखाउँदै फर्काइएको छ अदालतले उनीहरुलाई आइतबार बिहान १०ः३० बजे उपस्थित हुन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?