काठमाडौं । सत्तारुढ नेपाल कम्युनस्टि पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदलले आज बसेको सचिवालय बैठकले अनुमोदन गरेको छ ।
पार्टीका महासचिव विष्णु पौडेल संयोजकत्वमा गत साउन ३० गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
दुई अध्यक्षले पार्टीमा कुनै छलफल नगरी कार्यदल गठन गरेको भन्दै अन्य नेताहरुले सचिवालय बैठक मार्फत अनुमोदन गर्न भनेका थिए ।
लामो समय विवादमा रहेको नेकपाभित्रको आन्तरिक विषयहरुलाई कार्यदलबाट प्राप्त सुझावको आधारमा अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवदेनको प्रतिक्षा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यस्तै नेकपाको विवाद समाधान उन्मुख रहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया