महेन्द्रनगर, १८ फागुन । भारतीय जीपको ठक्करबाट एक युवको मृत्यु भएपछि मृतकका आफन्तसहित स्थानियबासिले महेन्द्रनगर बजार बन्द गराएका छन् भने यातायात सेवा समेत ठप्प पारिएको छ कञ्चनपुर सदरमुकाम पूर्ण रुपमा बन्द गराइएको छ । महिला, पुरुष तथा बालबालिका समेत ठूलो संख्यामा बजारमा लाठीसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाहिर धर्ना समेत दिइरहेका छन् मृतकका आफन्तले दोषी चालकलाई कारवाही र उचित क्षतिपूर्ति व्यवस्था नगरेसम्म शव नउठाउने अडान लिएका छन् । मृतकको शव घट्नास्थलमै रहेको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतकका आफन्त र प्रहरी प्रशासनबीच अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ बिहीबार राति महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको बनगाउँमा युके ०३–७१०१ नम्बरको भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा भीमदत्त नगरपालिका ६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको थियो जीपको ठक्करबाट चन्दको घटना स्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएपी ज्ञानबहादुर सेटीले जानकारी दिए । ठक्कर दिए लगत्तै जीपका चालक महेन्द्रनगरतर्फ आएर शिव मन्दिर क्षेत्रमा गाडी छाडेर भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया