ललितपुरमा एकैपटक थपिए ३८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुरमा मात्रै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा ललितपुरका २७ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, बी एण्ड बी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका ६ जना र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा ललितपुरका २ जनामा गरि पछिल्लो २४ घण्टामा ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच नेपालमा आज (आईतवार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।

नेपालमा हिजो (शनिवार) ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?