काठमाडौं । नेपालमा हालसम्म कोरोनाको कारण १ सय ४ जनाको मृत्यु भइसकेको छ ।
बितेको २४ घण्टामा थप २ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हालसम्म ६५ प्रतिशत संक्रमित कोरोना मुक्त भइ घर फर्किएका छन् । हालसम्म मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४५ जना रहेका छन् । जसमध्ये ३४ जना पुरुष र ११ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।
यस्तो छ मृत्यु हुनेको प्रादेशीक विवरण
प्रदेश नं १ मा ९ पुरुष र १ महिला गरी १० जना
प्रदेश नं २ मा ३४ पुरुष र ११ महिला गरी ४५ जना
वाग्मती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना
गण्डकी प्रदेशमा ६ पुरुष
प्रदेश नं ५ मा १० पुरुष र ३ महिला गरी १३ जना
कर्णाली प्रदेशमा ४ जना पुरुष
सुदूरपश्चिम प्रदेशमा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया