दक्षिण चीन सागर विवाद : चीनविरुद्ध उत्रिन अमेरिकाले ताइवान पठायो दुई लडाकू विमान

लोकपथ संवाददाता
0
Shares
A US FA-18 hornet fighter (F) prepares to land while other fighter jets fly behind during a routine training aboard US aircraft carrier Theodore Roosevelt in the South China sea on April 10, 2018. The carrier group Theodore Roosevelt is transiting through the South China sea on its way to the Philippines from Singapore after participating in Operations Inherent Resolve (OIR) and Operation Freedom’s Sentinel (OFS) in Syria, Iraq and Afghanistan. / AFP PHOTO / TED ALJIBE (Photo credit should read TED ALJIBE/AFP via Getty Images)

काठमाडौं । दक्षिण चीन सागरमा चीन र अमेरिकाबीचको विवाद चरमउत्कर्षका पुगेको छ । दुबै देशहरुले आफ्ना सेना र लडाकू विमान तैनाथ गरेका छन् ।

बितेको महिना यता चीन रअमेरिकाबीच भएको यो गतिविधिले अन्य छिमेकी देशहरु भने त्रसित बनिरहेका छन् ।

 

ताइवानमा अमेरिकी मन्त्रीको भ्रमणले रुष्ट बनेको चीन र दक्षिण चीन सागरमा आएर रजाईं गर्न खोज्ने अमेरिकाको यो कदमबाट दक्षिण चीन सागर निकटमा रहेका देशहरुमा त्रास पैदा भएको हो ।

चीनले ताइवान स्ट्रेटको नजिक आफ्नो युद्धपोत र फाइटर जेट तैनाथ गरेको भन्दै अमेरिकाले पनि ताइवानलाई सहयोग गर्न भन्दै एयरक्राफ्ट क्यारियर यूएसएस रोनाल्ड रिगन पठाएको छ ।

साथै अमेरिकी फाइटर जेटले पनि उडान भरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सैन्य अभ्यास गरेर चीनलाई डराउने प्रयास गरिरहेको छ भने चीनले पनि आफ्ना लडाकू विमानद्वारा गस्ती गरिरहेको छ ।

केहि दिन अगाडि मात्रै चीनले अमेरिकालाई आगोसँग नखेल्नु र खेलेमा आफैँ नष्ट भएर जानुपर्ला भन्दै चेतावनी दिएको थियो ।

साथै चीनले आफ्ना सेनालाई सकेसम्म आफ्नो तर्फबाट कुनै अवस्थामा पनि गोली नचलाउन आदेश दिएको छ ।

दक्षिण चीन सागरमा अमेरिका लगातार एयरक्राफ्ट पठाईरहेको छ ।

ताईवानको नजिक भने चीनले ४० हजार आफ्ना सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?