नारायणी अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि

वीरगन्ज । वीरगञ्जमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएका वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको आज बिहान ७ बजे मृत्यु भएको थियो ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । त्यस्तै साउन यता मात्रै वीरगञ्जमा कोरोनाको कारण २३ जनाको मृत्यु भइसकेको छ ।

मृत्युपछि ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको आशंकमा स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएकोमा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?