काठमाडौं । रुसले गत मंगलवार कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको दाबी गरेको थियो ।

यो दाबी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वयं गरेका थिए । त्यति मात्रै होइन, उनले आफ्नी छोरीले समेत भ्याक्सीनको प्रयोग गरेको बताएका थिए ।

त्यसपछि रुसलाई बधाईको आहिरो आउन थाल्यो । साथै अर्डर पनि । रुसले बनाएको भ्याक्सीनबारे भने विश्वका केहि वैज्ञानिकहरु र डब्ल्यूएचओले समेत आशंका गरेको छ ।

डब्ल्यूएचओले रुसको यो भ्याक्सीनको ट्रायलबारेमा पूर्ण विवरण आउन नसकेकोले यहि भ्याक्सीन नै कोरोनाविरुद्धको भ्याक्सीन भएको बताउन नसकिने बताएको छ । यसैबीच डब्ल्यूएचओले अर्को नयाँ खुलासा गरेको छ ।

डब्ल्यूएचओले रुसी भ्याक्सीन एडभान्स स्टेजको टेस्टिङमा रहेको नौ भ्याक्सीनमा नरहेको बताएको छ ।

कोभ्याक्सको माध्यमबाट डब्ल्यूएचओले सहभागी गराएको नौ भ्याक्सीनमा रुसी भ्याक्सीनको नाम नरहेको बताइएको छ ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार ब्रुस आयलवर्डले रुसी भ्याक्सीनमा कुनै निर्णय लिन नसक्ने बताएका छन् ।

उनले आफूलाई त्यसबारेमा पर्याप्त जानकारी नआएकोले केहि भनिहाल्न नसक्ने बताएका हुन् । रुसले भने अन्य देशहरु पनि भ्याक्सीनको प्रतिस्पर्द्धामा रहेकोले रुसी भ्याक्सीनलाई स्विकार्न नसकेको प्रतिक्रिया दिएको छ ।

रुसलाई अहिलेसम्म विभिन्न देशहरुबाट ५ अर्ब डोजको अर्डर भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया