हाम्रो नेपाली किबोर्डले ल्यायो भ्वाइस टाइपिङ फिचर, अब हुन्छ बोल्दा टाइप !

काठमाडौं । हाम्रो नेपाली किबोर्डले महत्वपूर्ण नयाँ संस्करण सार्वजनिक गरेको छ । हाम्रो नेपाली किबोर्डले भ्वाइस टाइपिङ र साइज एडजस्टमेन्ट फिचर प्रयोगमा ल्याएको छ ।

हाम्रो पात्रोले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

गुगलको प्ले स्टोर मार्फत् हाम्रो नेपाली किबोर्ड (Hamro  Nepali Keyboard) को महत्वपूर्ण नयाँ संस्करण सार्वजनिक भएको जनाएको छ ।

भ्वाइस टाइपिङको सहयोगले तपाइँले आफ्नो फोनमा बोलेर नै नेपाली शब्द इनपुट गर्न सक्नुहुने छ । अब प्रयोगकर्ताले हातले टाइप नै नगरी शब्दहरु लेख्न सक्ने प्रविधिको विकास भएको विज्ञप्तिमा जनाइएको छ ।

साइज एडजस्मेन्ट तपाँईले चाहेको जत्रो आकारको बनाउन सक्नुहुनेछ जुन तपाँइको स्क्रीन आकारसँग फिट हुन्छ । पहिलेको विषेशता भन्दा अहिलेको यो फिचर प्रयोग गर्न सजिलो र प्रभावकारी रहेको हाम्रो पात्रोले बताएको छ । हाम्रो कीबोड ५ मिलियन भन्दा बढी डाउनलोड भएको छ ।

“हामी जहिले हाम्रो प्रयोगकर्ताहरुको कुरा सुन्छौं र हाम्रो प्रयोगकर्ताका आवश्यकताहरू सधैं प्राथमिकता दिन्छौं ”, हाम्रो पात्रोका सीईओ शंकर उप्रेतीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?