सुन्धारामा ‘सुन’ र पेस्तोलको झोला छोडेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ

काठमाडौं । सुन्धारामा ‘सुन’ र पेस्तोलको झोला छोडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनी साउन १३ गते प्रहरीले फलो गर्दै गएपछि सुन्धारबाट सुन र पेस्तोलको झोला छोडेर भागेका थिए ।

अन्सारीलाई बाराको निजगढबाट महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अन्सरीलाई सुन्धारामा बा.६च ५५१९ नम्बरको स्कार्पियोबाट सुन र पेस्तोलको झोला छाडेर फरार भएपछि प्रहरीले खोजिरहेको थियो ।

सुन्धारामा अन्सारीले चलाएको स्कार्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो ।

सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कार्पियो छाडेर ईल्ताफ फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?