मिर्गौला प्रत्यारोपण प्रकरणमा थुनामा रहेका वडाध्यक्ष धरौटीमा रिहा

ललितपुर । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा भएका छन्। मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज ५० हजार धरौटीमा छुटेको जानकारी दिए। प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो । अन्य थप सातजना भने अझै फरार रहेका सिंहले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?