भारतको राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युटमा अफ मेडिकल साइन्सेस (एम्स) मा वृद्ध रोग विषयमा एमडी गहिररहेकी डा. ऊर्जा भट्टराईका लागि जेठ र असारको महिना निकै तनावपूर्ण रह्यो ।
त्यसताका दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिरहेको थियो ।
अस्पतालहरूमा कोरोना संक्रमित बिरामीहरूको चाप निकै थियो । अन्य आवासीय डाक्टरहरूजस्तै भट्टराईलाई पनि कोभिड–१९ का बिरामीहरूको उपचारमा खटिनुपर्यो । पेसागत हिसाबले ड्युटीमा खटिनुपरे पनि संक्रमण हुने हो कि भन्ने त्रास रहन्थ्यो ।
त्यसमाथि अभिभावकले गर्ने चिन्ताले पार्ने मनोवैज्ञानिक दबाब बेग्लै । तर, उनले पेसागत धर्म निभाउन कुनै कसर बाँकी राखिनन् ।
बिरामीको उपचारमा ज्यानको पर्वाह नगरी खटिँदा पनि उनलाई एम्सले निर्वाह भत्ता (स्टाइपेन्ड) भने दिएन । जबकि सँगै ड्युटीमा खटिएका भारतीय डाक्टरहरूले भने पाए ।
भट्टराईजस्तै कोभिड–१९ बिरामीहरूको उपचारमा फ्रन्ट–लाइनमा खटिएर पनि भत्ता नपाउने नेपाली थुप्रै रहेकाे कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया