राज्यका जिम्मेवार निकायबाटै बेवास्ता गरिँदा ललितपुरका एक कोरोना संक्रमित घरमै बस्न बाध्य भएका छन् ।
कन्ट्याक्ट ट्रेसिङ टोली नआउँदा उनको घरका २२ सदस्य पनि संक्रमणको जोखिममा छन् । ट्रेसिङ गरिदिन ललितपुर स्वास्थ्य कार्यालय, ईडीसीडी र स्वास्थ्य मन्त्रालयमा समेत खबर गर्दा पनि कोही नआएको उनका दाजु रामहरि कार्कीले बताए । ‘संक्रमित भएपछि के गर्ने, कसरी बस्ने अन्योल भएपछि स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलाललाई फोन गरें,’ उनले भने, ‘लक्षण छैन भने घरमै बसेर निको हुन्छ, ट्रेसिङ गर्न आउँदा छिमेकीले थाहा पाएर विभेद गर्न सक्छन् भन्दै पन्छिए ।’
३२ वर्षीय ती संक्रमितको न्युरोडमा कपडा पसल छ । लकडाउन खुलेपछि उनी नियमित पसल खोल्न गइरहेका थिए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया