बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ गर्न वारेन्ट !

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई पक्राउ गर्नका लागि वारेन्ट जारी भएको छ उनको कपिलवस्तुको शिवनगरस्थित घरमा पक्राउ पुर्जी टासिएको छ । जिल्ला अदालत भोजपुरले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनलाई पक्राउ गर्नका लागि वारेन्ट जारी गरेको हो केहीअघि नै अदालतले उनीविरुद्ध आदेश दिएपनि माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल गृहमन्त्री भएको तेस्रो दिनमा नै उनीविरुद्ध वारेन्ट जारी हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ज्यान मार्ने तथा विस्फोटक पदार्थ ओसार पसारको मुद्दामा विप्लवविरुद्ध वारेन्ट जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?