काठमाडौं, १६ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३९ वटा गाउँपालिका तथा नगरपालिकको नाम र केन्द्र दुवै परिवर्तन गरेको छ मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभा वा नगरसभाको सिफारिसमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो यसैगरी नेपाल सरकारले सोलुखुम्बु जिल्लास्थित नेचासल्यान गाउँपालिकाको गाउँसभा र सोलुदुधकुण्ड नगरपालिको नगरसभाबाट सिफारिस अनुसार नेचासल्यान गाउँपालिकाको वडा नं ४ तिङ्ला गाविसलाई सोलुदुधकुण्ड नगरपालिकामा समावेश गरी सो नगरपालिकाको वडा नं. ११ कायम गरिएको छ भने नेचासल्यान गाउँपालिकालाई वडा ५ मा कायम गरिएको सुचनामा उल्लेख गरिएको छ यसअघि पनि मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको थियो 







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया