राजपाले प्रदेश २ मा मन्त्री बन्नेको टुंगो लगायो, यी बन्दैछन् मन्त्री

जनकपुरधाम, १६ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ को मन्त्रिपरिषदमा बठाउने दुई जना मन्त्रीको टुंगो लगाएको छ अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् फोरमले गृहमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव र भूमिव्यवस्थामन्त्रीमा शैलेसकुमार साहलाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?