एकीकृत राप्रपा राष्ट्रवादीद्वारा सिरिया नरसंहारबारे राष्ट्रसंघको ध्यानाकर्षण

काठमाडौं, १५ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले सिरियामा पछिल्लो समयमा भइरहेको हिंसाप्रति राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा गएर सो पार्टीले सिरियाको दमास्कस नजिकै रहेको पूर्वी गुटामा भइरहेको हमलाप्रति चिन्ता जनाउँदै ध्यानाकर्षण गराएको हो सो पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख भरत जंग उप्रेतीसहितको टोली ध्यानाकर्षण गराउनका लागि राष्ट्रसंघको नेपाल कार्यालयमा पुगेको थियो सिरियामा हालै भएको हिंसात्मक हमलामा परी ५ सय ६० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । विद्रोहीको नियन्त्रणमा रहेको दमास्कस नजिकै रहेको पूर्वी गुटामा सिरियाली सरकारी फौजले निरन्तर आक्रमण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?