काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शमौ ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ ।
यसअघि एक सातापछि हिजो (आईतबार) बालुवाटार पुगेर ओलीसँग प्रचण्डले भेट गरेका थिए । प्रचण्ड निकट स्रोतले हिजोको वार्ता विनानिष्कर्ष सकिएतापनि केहि महतवप्रूर्ण ‘ईस्यू’ मा छलफल भएको जानकारी दिए । हिजो (आईतबार ) को बैठक केहि सकारात्मक भएको ‘संकेत’ मिलेको प्रतिक्रिया दिएका थिए ।
करिब ३ घण्टा लामो ओली प्रचण्ड बैठकमा पूर्व एमालेका नेताद्वय झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि सहभागि भएका थिए । हिजो बालुवाटारमा दुई नेता खनाल र नेम्वाङ ‘साक्षी’ राखेर दुई अध्यक्षहरुबीच के कुरा भयो भन्ने बाहिर नआएतापनि ३ घण्टा लामो छलफल भएको थियो ।
यसैबीच हिजो आईतबार मध्यान्हतिर ओलीलाई बालुवाटारमा भेटेर निस्किएका प्रचण्डले साँझपख फेरि आफूनिकटका सँगै छुट्टै बैठक गरेका छन् ।
खुमलटारमा प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग छलफल गरेका हुन् । सो क्रममा उनले ओली सहमतिमा आउन नचाहेको बताएका थिए ।
प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग खुमलटारमा छलफल गरेका हुन् । सो छलफलमा ओलीसँगको कुराकानीमा आफूले नियमित बैठक नरोक्न र उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उनी सकारात्मक नभएको प्रचण्डले बताएका थिए ।
बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए ।
नेकपाभित्र केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मत बलियो छ भने उनले राजीनामा छल्न बैठक नै स्थगित गरिदिन थालेपछि विवाद थप चर्किएको छ ।
नेकपाको ओली इतर समूहले प्रचण्डलाई ओलीसँग वार्ता गर्न जिम्मेवारी दिएपछि सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका प्रचण्ड पछिल्लो समय आफ्नो कित्तामा रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमको ‘तुरुप’ सँगै केहि ‘हच्किएका’ छन् ।
गौतमले अहिलेको परिस्थितीको समाधानको लागि भन्दै केपी ओली एकता महाधिवेशनसम्म अध्यक्ष र निर्वाचनसम्म प्रधानमन्त्रीमा यथावत् हुने प्रस्ताव अघि सारेपछि प्रचण्ड केही ‘रक्षात्मक’ भएको बुझिएको छ ।
पछिल्लो केहि दिनयता प्रचण्डका पक्षधर पनि उनीसँग चिढिएको बुझेपछि उनी केहि फरक ढंगले प्रस्तुत हुन थालेका हुन् ।
सचिवालयका पूर्व माओवादीका एक नेताले लोकपथसँग भने, “तपाईले जे सुन्नुभयो त्यो साँचो हो । शक्ति समिकरणमा यस्तो हुन्छ नै । आश्चर्य मान्नुपर्ने कुरै छैन ।”
यसअघि गत असार १० गतेदेखि जारी भएको पार्टीको पाँचौँ स्थायी कमिटी बैठकको सुरुको दिनदेखिले सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले सरकारको काम राम्रो नभएको हौवा पिट्न व्यस्त रहेको भन्दै ओलीको आलोचना गरेपछि प्रचण्डले सिधै ओलीसँगै दुवै पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट ) राजीनामा माग गरेका थिए ।
उनको मागमा सचिवालयका बहुमत सदस्यले सहमति जनाएपनि ओली स्थायी कमिटी बैठकमा अनुपस्थित हुनेदेखि अनेकन ‘जुक्ति’ निकालेर अर्ली महादिवेशन सम्मको प्रस्ताव ल्याएका कारण नेकपा एक महिनादेखि दिशाहिन भएको छ ।
केन्द्रिय कमिटी सदस्यले बैठक माग गर्दै हस्ताक्षर अभियान नै चलाउन थालेका छन् ।
बोलाउँदै स्थगित गरिँदै १० औँ पटकसम्म बैठक बस्न नसकेपछि स्थायी कमिटी सदस्यहरुले पहिला दुई अध्यक्षको कुरा मिलाएर मात्रै स्थायी कमिटी सुचारु गर्न सकिने भएकोले दुई अध्यक्षलाई सहमतिको लागि समय दिएका छन् ।
देशमा कोरोनाको कारण मृतक र संक्रमित थपिईरहेको यो परिस्थितीमा समेत शिर्ष नेतृत्व कुर्सीको लडाईँमा तल्लीन हुँदा जनतामा नैराश्यता उत्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया