काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका – १६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ३१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । नेपालमा हिजो शनिवार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् ।
आइतबार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।
अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बाग्मती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत अर्थात् एक्टिभ केस रहेको प्रवक्ता डा। गौतमले जानकारी दिए।
परीक्षण :
आइतबार पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण भएको छ । देशभरीका क्वारेन्टाईनमा १० हजार ९ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ९४, बाग्मती प्रदेशमा ७ सय ६९ र गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना रहेको छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय २२, कर्णाली प्रदेशमा ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना क्वारेन्टाईनमा रहेका छन् ।
मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको उनले बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह गरेको छ । प्रवक्ता डा। गौतमले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गरे । यस्तै आकस्मिक सेवा सहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलायन पनि उनले आग्रह गरे ।
यसैबीच कोरोनाको जोखिम बढीरहेको र लक्षणसहितका बिरामी बढिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
काठमाडौंमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि :
बितेको २४ घण्टामा थपिएका २४६ जना संक्रमितमध्ये काठमाडौंका २२ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको ८ हजार ८ सय ६१ वटा नमूनामा काठमाडौंका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको परिक्षणमा ११ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा २ जना गरी बितेको २४ घण्टामा काठमाडौंमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरका एक जनामा कोरोना पुष्टि :
पछिल्लो २४ घण्टामा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
ललितपुरका ८ जनालाई कोरोना संक्रमण :
पछिल्लो २४ घण्टामा ललितपुरका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज ललितपुरका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा तीन जनामा गरि आज ललितपुरमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कहाँ कति थपिए हेर्नुहोस् सूची ?
सुनसरीका १२ जना
मोरङका १६ जना
धनुषाका ३५ जना
चितवनका १ जना
महोत्तरीका ५ जना
सर्लाहीका १ जना
पर्साका ८१ जना
बझाङका २ जना
डोटीका ११ जना
कैलालीका १० जना
काठमाडौंका २२ जना
ललितपुरका ८ जना
बर्दियाका १ जना
दार्चुलाका १ जना
गोरखाका १ जना
रौतहटका २ जना
सिन्धुलीका १ जना
सर्लाहीका १ जना
भक्तपुरका १ जना
कास्कीका ५ जना
बाग्लुङका १ जना
लमजुङका ३ जना
स्याङजाका ८ जना
तनहुँका २ जना
बर्दियाका ९ जना
नवलपरासी पूर्वका ३ जना
रुपन्देहीका १ जना
डोटीका १ जना
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका २ जिल्ला :
रौतहट
कैलाली
हाल कोरोना संक्रमित नभएका ५ जिल्ला
भोजपुर
मुस्ताङ
रसुवा
मनाङ
संखुवासभा
यो पनि पढ्नुहोस् :
कोरोना : नेपाल किन त्यो अस्त्र प्रयोग गर्न सक्दैन ? जुन इटाली र भुटानको लागि वरदान बन्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया