काठमाडौं । गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको कोरोनाले हालसम्म निकै ठूलो जनधनमा क्षति पुर्याएको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वभर ६ लाख ८८ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको छ भने १ करोड ८० लाख २६ हजार ७ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै हालसम्म विश्वभर १ करोड १३ लाख ३४ हजार ९ सय ८५ जना कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भयावह शुरुभएपछि जब कोरोना भाइरस युरोप प्रवेश गर्यो तब इटाली र स्पेन सबै भन्दा बढी प्रभावित बनेका थियो । इटालीमा हालसम्म कोरोना भाइरसका कारण ३५ हजार १ सय ४६ जनाको मृत्यु भएको छ भने २ लाख ४७ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, २ लाख २ सय २९ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शुरुवाती समयमा इटालीमा कोरोनाका धेरै संक्रमित भेटिएका थिए । यतीसम्मकी कोरोना भयावहको उदाहरण दिँदा धैरैजसो देशका प्रमुखहरुले इटालीमा जस्तो अनियन्त्रित स्थितिबाट बच्नुपर्छ भनेर भन्ने गरेका थिए । सामाजीक सञ्जालहरुमा इटालीमा शव व्यवस्थापन गर्न धौ धौ परेको भिडियो भाइरल नै बनेका थिए । अमेरिका जहाँ अहिले संसारकै सबै भन्दा बढी कोरोना संक्रमित रहेका छन् त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले रिर्पोटरहरुसँग अमेरिका इटाली जस्तो अवस्थामा पुग्न नचाहेको पनि बताएका थिए ।

शुरुवाती समयमा इटालीलाई कोरोनाको उदाहरणको रुपमा हेरेका विश्वका अरु विभिन्न देशहरु अहिलदै आफै त्यो अवस्थाबाट गुज्रीरहेका छन् । युरोपका विभिन्न देशहरुले लकडाउन खुकुलो गरिसकेका छन् भने कति खुकुलो बनाउने योजनामा छन् । उदाहरणको लागी संक्रमित तिव्र रुपमा बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले शुक्रबार प्रतिबन्ध खुकुलो गर्ने योजनामा ढिलाइ हुने घोषणा गरे ।

कोरोना संक्रमित अनियन्त्रित भएका इटालीको अस्पतालहरुमा अहिले कोरोनाका बिरामी नगन्य छन् । कोरोना भयावहले आक्रान्त बनेको उत्तरी लोम्बार्डीको मृत्युदर पनि झन्डै शुन्यमा झरेको छ । कुनैबेला कोरोना भाइरस नियन्त्रणमा विश्वकै खराब देशको नमुना बनेको इटाली अहिले संक्रमण नियन्त्रणमा विश्वको लागी ‘पाठ’ बनेको छ ।
यद्यपी, इटालीका स्वास्थविद्हरुले कोरोना महामारी जेट इन्धन’ का रुपमा कायम रहेको भन्दै चेतावनी दिइरहेका छन् । यो जुन कुनै पनि बेला परिवर्तन हुनसक्ने उनीहरुको भनाइ छ । कोरोना भाइरस नियन्त्रणमा विश्वकै खराब देशको नमुना बनेको इटाली पछिल्लो समय उदाहरण बनेको छ । कडारुपमा लागू गरिएको राष्ट्रव्यापी लकडाउनले यस्तो अवस्था निम्त्याएको हो ।

यहाँको सरकार वैज्ञानिक र प्राविधिक कमिटीबाट निर्देशित छ । स्थानीय चिकित्सक, अस्पताल र स्वास्थकर्मीले भाइरसका २० भन्दा बढी सूचकांक दैनिक रुपमा संकलन गर्छन् र यसलाई क्षेत्रीय प्राधिकरणमा पठाउँछन्, जसले यसलाई नेशनल इन्स्टिच्युट अफ हेल्थमा पठाउँछ ।
देशको स्वास्थ प्रणालीको साप्ताहिक एक्स–रे यसको नतिजा हो, जसमा नीति–निर्माण आधारित छ । गत मार्चमा इटालीमा देखिएको पीडादायी र झन्डै विध्वंशको अवस्थाभन्दा यो निकै अगाडि बढेको हो ।
प्रधानमन्त्री जुसेप्पे कोन्टेले भाइरसको संक्रमण फैलिरहेका बेला सरकारले आफ्नो निगरानी कम गर्न नसक्ने तर्क गरेपछि यसै साता संसद्ले सरकारको संकटकालिन अधिकारलाई अक्टोबर १५ सम्म लम्ब्याउने पक्षमा मतदान गर्यो ।

विदेशबाट आउने भाइरस अहिले इटाली सरकारको सबैभन्दा ठूलो चिन्ता हो, सरकारले यसअघि नै दर्जनभन्दा बढी देशलाई इटालीमा भ्रमण प्रतिबन्ध लागू गरिसकेको छ ।
‘फ्रान्स, स्पेन र बाल्कन देशहरुमा धेरै खराब अवस्थाहरु छ, जसको अर्थ भाइरस सकिसकेको छैन भन्ने हो,’ इटाली डाक्टर तथा विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) मा स्ट्रयाटीजिक इनिसियटिभका लागि सहायक निर्देशक जनरल रेनिइरी ग्वेर्राले भने, ‘कुनै पनि समय यो फर्कनसक्ने ।’ अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटालीमा लकडाउन खराब उपचारको एक ठूलो डोजका रुपमा आयो, इटालियन अधिकारीहरुलाई आशा छ कि अब केही कडाइका बाबजुद देश सामान्य अवस्थामा फर्कनका लागि सुरक्षित छ । अर्थतन्त्र सुचारु गर्ने एउटै बाटो भाइरसलाई नियन्त्रणमा राख्नु नै रहेको उनीहरुको तर्क छ ।
ट्रेन र बस, पार्क सरकारले मास्क अनिवार्य गरेको छ । लकडाउनको समय एक क्षेत्रबाट अर्को क्षेत्र, एक शहरबाट अर्को शहर र शहरभित्रका ब्लकमा पनि एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल निकै कडाई थियो । र, मानिसहरुले आफु बाहिर निस्कनका लागि स्वास्थ वा अन्त्य अत्यावश्यक काम परेको प्रमाणित गर्न ‘प्रमाणिकरण कागजात’ भर्नुपथ्र्यो । जसका कारण मानिसहरुमा कोरोना संक्रमण फैलने दर भने चाँडै घट्यो ।

त्यसपछि, इटालीमा संक्रमितको दर घटेको छ त्यसैले लकडाउन खुकुलो हुँदै गएको पनि छ । पहिले अस्पतालमा एकैपटक ५ सय कोभीड–१९ का बिरामी हुने गरेका थिए । तर अहिले ५० शैयाको आईसियु बेडमा कोरोना भाइरसका कुनै बिरामी छैनन् । कोभीड–१९ को विशेष उपचारका लागि बनाइएको ६० बेडयुक्त युनिट पनि खाली छ ।
तर के इटालीमा कोरोना संक्रमणको पुन: फैलने डर कति रहेको छ ? के भन्छन् विज्ञ र स्वास्थविद्हरु ?
धेरै स्वास्थविद्हरु भाइरस फेरि देखिन सक्ने सम्भावना रहेको बताउँछन् । सरकारले नाइट क्लब, मेला र क्रुज सिपको यात्रा सुचारु गर्न नयाँ नियम ल्याउने सोचिरहेका बेला उनीहरुमध्ये धेरैजसोले आफ्नो निगरानी नछाड्न सरकारसँग आग्रह गरेका छन् ।
त्यस्तै, दक्षिण एसीयाली मुलुक भुटान पनि पछिललो समय कोरोना संक्रमण पछिको मृत्यु दर शुन्य रहेको छ । भुटानमा हालसम्म जम्मा १ सय २ जना कोरोना संक्रमित रहेका छन् । १ सय २ जना संक्रमित मध्ये ८९ जना कोरोना संक्रमित उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिनको नियमित पत्रकार सम्मेलनमा सार्क राष्ट्रहरुसँग नेपालको तुलना गर्ने गरेको छ । प्रत्येक १० लाखमा नमुना परीक्षण गरेको, अरु मुलुक भन्दा आफु अब्बल रहेको देखाउँछ । तर दक्षिण एसीयाली मुलुक भुटानसँग किन तुलना गर्न सक्दैन् ? यसको एउटै कारण हो भुटानले आफूलाई सेफ जोनमा राख्न गरेको प्रयत्न आफ्नै किचलोमा रुमलिएको नेपाल सरकारले थाहै पाएको छैन् ।

यहाँनिर चुकेको छ नेपाल सरकार
गत वर्ष चैत्रदेखि सरकारले नेपालमा लकडाउन लागू गर्यो जतिबेला एक जना पहिलो केसका कोरोनो संक्रमित निको भएर घर फर्किसकेका थिए भने दोस्रो संक्रमित पुष्टि भएको थियो । यस्तो अवस्थामा लकडाउन लागू गरेर औषधी किन्न निस्कीएका दुई जना मानिसलाई घर बस्न उर्दी गर्दै प्रहरी प्रशासनले लाठी बजारेको, ग्याँस सिलिन्डर पिठ्यूमा बोकाएर सजाय दिएको जस्ता घटना पनि देखियो । तर जनतालाई भोकै, नाङ्गै, बेहाल अवस्थामा थातथलो जाने उर्दी गरेर कहिले पार्टी फूटाउने अधयादेशको ध्याउन्न त कहिले प्रधानमन्त्रीको कुर्सीको लागि लुछाचुँडी ।
हो, नेपाली राजनीतिको यहि प्रवृति देखेर जनताले वाक्कदिक्क भएका हुन् । सरकार चलाइरहेको पार्टी नेपाल कमयुनिष्ट पार्टीको लफडा र अन्तरकलह यो लकडाउनमा अझै लाजलाग्दो गरी पदार्पण भयो । क्वारेन्टाईनको व्यवस्थापन, राहत, उद्धार, परिक्षणमा एक रत्ति पनि चासो नदिने बरु कुर्सीको लागि बालुवाटार, शितलनिवास, भैँसेपाटी, खुमलटारको रत्यौलीले जनताको स्वास्थ्यमाथि नराम्ररी खेलवाड भयो ।
सञ्चीत गरिएको अन्न सकिएर के खाने भ्नने अवस्थामा पुगेको जनतालाई कर तिर्नेपर्ने उर्दी गरेको सरकालाई प्रतिप्रशन गर्दै जनता निरीह भएर दैनिकी जीवनमा फर्केका हुन् । उनीहरुलाई थाहा छ, जोखिम बढीहरको छ । तर करिब ४ महिना घरभित्रै बसिदिएका जनताको लागि सरकारले गर्यो चाहिँ के ? जनताको आक्रोशमिश्रीत साझा प्रश्न हो, यो । तर जवाफ दिने सामथ्र्य कसैसँग छैन ।
कोरोना संक्रमित बढेको बढ्यै भएको छिमेकी देश भारतसँगको खुकुलो नाका, सीमानाकाबाट बढेको आउजाउ, अनुहार हेरेर विना परिक्षण घर पठाईदिएका घटना र जीवनजल नपाएर झाडापखालाले समेत ज्यान गुमाउनुपरेका राजु सदाहरुको नियति दोहोरीरहेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलियो भनिएको छ । तर भरपर्दो र पर्याप्त जाँच भएकै छैन । नपत्याउनु फरक कुरा । नस्विकार्नु अलक कुरा तर पर्याप्त परिक्षण नभएकै कारण चार महिनालामो लकडाउन पछि पनि त्यहि त्रासदी नेपालीमा बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया