वाम एकताः अन्तरिम विधानबारे छलफल गर्न कार्यदलको बैठक

काठमाडौं, १५ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणका लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन कार्यतालिका निर्माण गर्ने जनाइएको छ फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणासहितको मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउने कार्यदलको तयारी छ यसअघिको बैठकमा दुवै दलले आआफ्नो विधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए कार्यदलले केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु र भातृ संगठनको एकीकरण गर्न ठोस आधार तयार गर्नेछ माओवादी नेता रामबहादुर थापा बादल संयोजक रहेको कार्यदलमा एइमालेबाट एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल र माओवादीबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?