एमालेद्वारा सांसद् शाहीलाई राजीनामा फिर्ता लिन आग्रह

काठमाडौं, १५ फागुन । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका सांसद चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ पार्टीको स्थायी समितिको बैठकमा समेत छलफल भएको र मन्त्री चयनमा कमजोरी भएको भन्दै एमालेका कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले पत्र लेख्दै राजीनामा फिर्ता लिएर पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गरेका हुन् एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन समेत दिएको छ प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलका आधारमा मन्त्री छनोट गरिएको भन्दै शाहीले गत साता प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट समेत राजीनामा दिएका थिए उनले प्रदेशसभा सदस्यको राजिनामा हुलाकमार्फत कर्णाली प्रदेशका सभामुखलाई पठाएका थिए । सभामुखको दाबी गरेका उनलाई सभामुख र मन्त्री दुवै नदिइएपछि राजीनामा दिएका हुन् मुगुबाट प्रदेशसभा सदस्यमा निर्वाचित शाही सो प्रदेशका पुराना नेता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?