काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड-१९’ बाट बितेको २४ घण्टामा मात्रै ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका-११ का ५६ वर्षिय पुरुषको साउन १५ गते कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।
यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर-१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।
यस्तै वीरगञ्ज-२ का ६५ वर्षिय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । मधुमेहका विरामी ति महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
बितेको २४ घण्टामा कहाँ कति थपिए संक्रमित :
झापाका १३ जना
मोरङका १५ जना
धनुषाका १ जना
बाराका ४ जना
सर्लाहीका १ जना
पर्साका ४१ जना
रौतहटका ३ जना
बझाङका २५ जना
कैलालीका १५ जना
काठमाडौंका ३२ जना
नुवाकोटका २ जना
ललितपुरका ५ जना
नवलपरासी पूर्वका २ जना
मकवानपुरका १ जना
दार्चुलाका १६ जना
कञ्चनपुरका १८ जना
सप्तरीका १ जना
भक्तपुरका १ जना
कास्कीका ३ जना
म्याग्दीका २ जना
तनँहुका १ जना
गुल्मीका २ जना
रुपन्देहीका १ जना
बाँकेका १ जना
दैलेखका २ जना
दाङका ३ जना
बैतडीका १० जना
र, डोटीका ३ जना गरी (शुक्रवार) थप २२४ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा हिजो (बिहीवार) २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कति भयो जाँच ?
सरकारले बितेको २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ । जसमा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ । साँगा फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।
आइसोलेसनमा कति छन् ?
अहिले देशभरीका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय २२, प्रदेश नम्बर २ मा २ हजार ३४, बागमती प्रदेशमा ५ सय ७२ र गण्डकी प्रदेशमा ३ सय २४ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कहाँ कति निको भए ?
शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा ३ हजार १ सय १, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ जना डिस्चार्ज भएका छन् ।
कहाँ कति क्वारेन्टाईनमा छन् ?
अहिले देशभरीका क्वारेन्टाईनमा १२ हजार १ सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ४ सय ९४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेका छन् ।
यो पनि पढ्नुहोस् :
‘आईसियु समेत नपाउने अवस्था आउन सक्छ’ : स्वास्थ्य मन्त्रालय
लकडाउन खुलेयता काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर ) सहित घना बसोबास भएका सहरी क्षेत्र, आउजाउ भईरहने स्थानहरु, जनसम्पर्क भईरहने कार्यालयहरु, बिरामीसँग घुलमिल भईरहनुपर्ने चिकित्सकहरुमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण बढीरहेको छ । मृतक थपिईरहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणका क्रममा थप ३ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा थप २ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १८ जना गरी बितेको २४ घण्टामा थप २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । हिजो (बिहिबार) काठमाडौंमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकातिर चार महिना लामो लकडाउन अन्त्य अर्कोतिर संक्रमितको संख्या बढ्दो ग्राफमा जानु । यहि साउन ७ गतेदेखि एकाध बाहेक सबैजसो सेवा सञ्चालनमा आएका छन् । भिडभाड बढेको छ । नेपालमा जोखिम बढेको बुझ्न सकिन्छ भने कतिपय ‘समुदायमा कोरोना संक्रमण’ पुगिसकेको छ । यसैबीच संक्रमणको पछिल्लो अपडेट दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सावधानी, सर्तकता र होसीयारी अपनाउनको लागि अनुरोध गरेको छ ।
हालसम्म मास्कको प्रयोग नगर्ने २ लाख जनालाई कारवाहि गरिएको, भारतबाट हिजोमात्रै ६५९ जना नेपाल भित्रिएको र नेपालबाट ५०६ जना नेपालबाट भारत गएको, छिमेकी मुलुकमा संक्रमणको दर उच्च रुपमा बढीरहेको , नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतका उत्तराञ्चल, उत्तर प्रदेश, बिहार र वेस्ट बंगालमा संक्रमितको दर बढ्नु र आवतजावत नरोकिनु, विरगञ्जमा चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिनु (त्यहाँ स्वास्थ्य सावधानीका मापदण्ड अपनाएको नपाईनु) सिरहामा भएको आमसभा, काठमाडौमा भएका सभा, आन्दोलन, भिडभाड, घना बस्ती भएका शहरहरुमा निष्फिक्री घुमिरहेका मानिसहरुको समूह, भारतबाट कामदार ल्याई नेपालमा जाँच गर्दा कोरोना पोजेटिभ पाईएको, समूहमा हिँड्ने जस्ता कारण यहि अवस्था रहँदा संक्रमणको दर उच्च रहने र संक्रमितको लागि अस्पतालको बेड र सघन उपचार कक्ष समेत नपाउने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै चेतावनी दिएको छ ।
पछिल्लो समय प्रहरी, स्वास्थ्यकर्मी, नाकामा खटिएकाहरु, जनसम्पर्कमा काम गर्ने व्यक्ति र समूहमा कोरोनाको संक्रमण दर उच्च भएको भन्दै तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनको लागि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
५०० जना भन्दा बढी कोरोना संक्रमित उपचाररत २ जिल्ला :
रौतहट
कैलाली
कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६५ औँ स्थानमा
नेपाल कोरोना भाइरस संक्रमितको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ । कोरोना संक्रमितको हिसावले सबैभन्दा अगाडि अमेरिका रहेको छ भने दोश्रोमा ब्राजिल र तेश्रो स्थानमा भारत रहेका छन् । त्यस्तै चौथो नम्बरमा रुस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया