काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ७६ हजार ४९७ जनाको मृत्यु भएको छ भने १ करोड ७४ लाख ६६ हजार ७२९ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ९ लाख ३३ हजार ७१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १ लाख ५५ हजार २८५ जनाको मृत्यु भएको छ भने ४६ लाख ३४ हजार ९८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २२ लाख ८४ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् भने २१ लाख ९४ हजार ७३५ जना स्वास्थ्योपचार गराईरहेका छन् ।
त्यस्तै १८ हजार ७८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म ९ हजार ३ जनाको मृत्यु भएको छ भने ४ लाख ९४ हजार ३१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ४ लाख ६१ हजार ३७९ जनालाई संक्रमण भएको छ भने ६ हजार ५८७ जनाको मृत्यु भएको छ ।
त्यस्तै न्यूयोर्कमा ४ लाख ४३ हजार जनालाई संक्रमण भएको छ भने ३२ हजार ७५४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बिहीवार ६८ हजार ५६९ जनालाई संक्रमण भएको छ भने १ हजार ४६५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया