काठमाडौं । चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।
लामो समयदेखि चीनमा नदेखिएको कोरोना भाइरसको संक्रमण फेरी सल्बलाउन थालेको छ । चीनमा बिहीवार फेरी १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रिपोर्टका अनुसार शिनजियांग प्रान्त अहिले कोरोनाको केन्द्र बनेको हो । चीनको राजधानी बेइजिङमा १०५ केस देखिएका छन् ।
१०२ केस स्थानीय रहेका छन् भने ३ केस बाहिरबाट आएकोमा देखिएको हो । शिनजियांगको एइगर अटोनोमस रीजनमा सबैभन्दा धेरै ९६ केस देखिएका छन् । त्यस्तै नर्थ ईस्ट प्रान्त् लियाओनिंगमा ५ केस देखिएका हुन् ।
सबैभन्दा धेरै त्यहाँको फूड मार्केटका मानिसहरुमा देखिएको बताइएको छ । चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८४ हजार १६५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ७८ हजार ९५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यहाँ ५७४ जना स्वास्थ्योपचार गरिरहेका छन् ।
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
रिहा भएका रञ्जन कोईराला भन्छन् – ‘ग्राण्ड डिजाईन’ भयो, मैले कुनै गल्ती गरेको छैन’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया