काठमाडौं । नेपालमा आज (बिहीवार) थप २७४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी २ जिल्लामा ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।
यी हुन् ५०० भन्दा बढी संक्रमित उपचाररत भएका २ जिल्ला
- रौतहट
- कैलाली
नेपालमा थप २ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना रहेका छन् ।
कुल संक्रमित मध्ये ७२.९७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया