निर्मलाको बलात्कारपछि हत्याको २ वर्ष : अंगुर जिसीसहित ८ प्रहरी अधिकारीलाई अदालतले दियो सफाइ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछिको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी अधिकारीलाई अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा दिल्लीराज विष्टसहित निलम्बित डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल रहेका छन् ।

उनको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्दापनि अहिलेसम्म प्रहरीले दोषी कोहो भन्ने सार्वजनिक गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?