काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचितभएका छन् । निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको भेलाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
व्यवस्थापन समितिमा चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ उपभोक्ता समिति आबद्ध छन् । सबै उपभोक्ता समितिका अध्यक्ष स्वतः व्यवस्थापन समितिमा पदेन सदस्य रहन्छन् ।
बाइस उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ । ढुङ्गाना बरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बनेका थिए । तीन प्रदेश, चार जिल्ला र १२ पालिकाको ७२९ वर्ग किलोमिटर क्षेत्र चितवन निकुञ्जको मध्यवर्तीमा पर्दछ ।
अध्यक्षमा निर्वाचित ढुङ्गानाले मानव–वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा प्राथमिकताका साथ काम गर्ने बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संरक्षण, सामुदायिक विकास, आयआर्जन र संरक्षण शिक्षामा काम गर्छ । निकुञ्जको आम्दानीको ५० प्रतिशत मध्यवर्ती क्षेत्र व्यवस्थापनमा खर्च गर्ने प्रावधान रहेको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया