लागूऔषधसहित एक पक्राउ

काठमाडौं । झापामा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-४ घर भई अर्जुनधारा नगरपालिका-६ समाबेसी टोल डेरा गरी बस्ने २० वर्षीय निकेश राईलाई १ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?