काठमाडौं । भारतले यसअघि टिकटकसहितका ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएसँगै चिनियाँ एप प्रयोग गरिरहेका भारतीय र दक्षिण एशियाली क्षेत्रमा बस्ने मानिसहरुको सञ्चार सम्बन्ध विच्छेद भयो ।
उनीहरुले सञ्चार सम्बन्धमा पुनः जोडिनका लागि विच्याटमार्फत वैकल्पिक सम्पर्क सूत्रको जानकारी गराएका छन् ।
प्रतिबन्ध लगाएको विच्याटमा राखिएको एक पोस्टमा लेखिएको छ,’यदि भारतले वास्तवमै विच्याट्मा प्रतिबन्ध लगायो भने तपाईले मलाई एलिपेमा भेट्नसक्नुहुन्छ ।’
भारतले प्रतिबन्धको घोषणा गरेको केही दिनमै गुगल प्लेस्टोर र एप्पल प्लेस्टोरले सबै ५९ वटै एपहरु हटाएको थियो । जसमा १० करोड भारतीयहरुले प्रयोग गरिरहेको टिकटकलाईसमेत प्लेस्टोरले भारतका लागि हटाएको थियो। यससँगै भारतले टिनसेन्ट्स, विच्याट, सिना, विबो, बाइडु र अलिबाबा युसी ब्राउजर लगायत ५९ वटा एप्स प्रतिबन्ध लगाएको हो । पछिल्लो केहि समय यता भारतले फेरी पब्जी गेम सहितका ३९ वटा एप मा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
उक्त प्रतिबन्धले प्रयोगकर्तालाई वैकल्पिक उपाय सोच्नमात्र बाध्य मात्र पारेन, यद्यपी चिनियाँ टेक कम्पनीहरुलाई पनि वैकल्पिक माध्यमका बारेमा पुनर्विचार गर्न बाध्य बनाएको छ । चीन १.३९ बिलियनपछिको सर्वाधिक १.३५ बिलियन जनसंख्या भएको भारतमा चिनियाँ एपहरु प्रतिबन्ध हुँदा चिनियाँ टेक कम्पनीहरुले ठूलो क्षति व्यहोर्नुपरेको छ।
भारत र इन्डोनेसियाका युवाहरुबीचमा चिनियाँ टेक कम्पनीका उत्पादनहरु निकै लोकप्रिय बनेका थिए
चीन-भारतबीच जुन १५ को राति पूर्वी लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएपछि भारतले उक्त झडपको प्रतिकारस्वरुप चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । हाल चिनियाँ कम्पनीहरुले वैकल्पिक एपहरुको बारेमा पुनर्विचार गर्दै भारतीय बजारलाई फेरी हातमा लिने रणनीति बनाइरहेका छन् ।
जुन १५ मा भएको झडपमा २० भारतीय सेना मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको बारेमा सार्वजनिक गरेको थिएन ।
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया