कोरोनाको प्रकोप : अमेरिकामा बढ्न थाले मृतक, बुधवार साँढे दुई महिना यताकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ६९ हजार ८६० जनालाई संक्रमण भएको छ भने १ करोड ७१ लाख ७७ हजार ८६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६ लाख ९२ हजार ४१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ३८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५३ हजार ८४० जनाको मृत्यु भएको छ भने ४५ लाख ६८ हजार ३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २२ लाख ४५ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २१ लाख ६९ हजार १५३ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यस्तै १८ हजार ८५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ८ हजार ९०९ जनाको मृत्यु भएको छ भने ४ लाख ८७ हजार ४७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ४ लाख ५१ हजार ४२३ जनालाई संक्रमण भएको छ भने ६ हजार ३३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यूयोर्कमा ३२ हजार ७३४ जनाको मृत्यु भएको छ भने ४ लाख ४२ हजार ६० जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार ६६ हजार ९२१ जना संक्रमित थपिएका छन् भने १ हजार ४८५ जनाको मृत्यु भएको छ । यो संख्या साँढे दुई महिना यताकै धेरै हो ।

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?