काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६६ हजार १ सय ७३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७० लाख ३८ हजार २ सय जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५ लाख ६२ हजार ७ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५२ हजार ८ सय ६२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २६ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४५ लाख २४ हजार ५ सय १५ पुगेको छ । हालसम्म २२ लाख ८ हजार ४ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १४ हजार १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख ९८ हजार ६ सय ६८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८८ हजार ७ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १७ लाख २१ हजार ५ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ५८ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५ हजार पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख ४८ हजार २ सय १९ पुगेको छ । हालसम्म १० लाख २० हजार ३ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ६ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय ७५ जनामा कोरोना पुष्टि भएको र १ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख २८ सय ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख २० हजार ३ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ५७ पुगेको छ । हालसम्म ४ लाख ५९ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा १८ हजार ६ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ९५ हजार ५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ७६ हजार ४ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ७ हजार २ सय ८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख २ हजार ६ सय ९७ पुगेको छ । हालसम्म कोरोनाको कारण ४४ हजार ८ सय ७६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ८ सय ५४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ६१ हजार ४ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ९ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ७८ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ सय ७५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख २४ हजार ५ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ७ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ४१ पुगेको छ । हालसम्म ३ लाख २९ हजार ७ सय २१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा ५ जनाको कोरोनाको कारण ज्यान गएको छ र २ हजार ३१ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया