काठमाडौं । राजधानिको दरबारमार्गबाट बरामद गरिएको १५ किलो धातु सबै सुन नभएको खुल्न आएको छ ।
शुरुमा १५ किलो नै सुन भनिएपनि त्यसमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको प्रहरीले जनाएको छ ।
मंगलवार दिउँसो प्रहरीले राजधानीको दरबारमार्गबाट उक्त धातु बरामद गरेको थियो ।
प्रहरीका अनुसार ४२ लाख ९ हजार ५०० मूल्य बराबरको सुन र १५ लाख ५६ हजार ४०० मूल्य बराबरको चाँदी
रहेको बुझिएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
मंगलवार दिउँसो काठमाडौंको कमलादीबाट महेन्द्र शालिकतर्फ जाने सडक खण्डमा चेकजाँच गर्दा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो सवारी रोक्दा खोज्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो भने गाडीसहितको मानिस भाग्न सफल भएका थिए । सो झोला हेर्दा नक्कली सुन र दुई पेस्तोल तथा दुईथान म्यागजिन बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया