ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ टिन बजारस्थित सडकमा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक लम्की चुहा नगरपालिका-६ बागमारा बस्ने २५ वर्षीया सन्तोषी कुमारी बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?