सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी अर्याललाई

काठमाडौं । सशस्त्र प्रहरी प्रवक्ताको जिम्मा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई दिइएको छ ।

प्रवक्ता प्रविणकुमार श्रेष्ठ पशुपति बाहिनी उपत्यकामा सरुवा भएपछि रिक्त स्थानमा अर्याललाई सरुवा गरिएको हो ।

आइतवारबाट लागू हुनेगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अर्याललाई प्रवक्ताको जिम्मा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?