पोर्चुगल । पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन् ।
पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
विगत सात वर्षदेखि पोर्चुगल बस्दै आउनुभएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । पीडित मगरलाई उपचारका लागि १५ लाख रुपैयाँ चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ । स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया